चुनाव हार्ने भएपछि रूपन्देहीमा गृहमन्त्रीले खाँडले कांग्रेसकै कार्यकर्ता कुटाए
४ मंसिर, वुटवल । आफ्नो टिमले चुनाव हार्ने भएपछि गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडले कांग्रेसकै कार्यकर्ता माथि आक्रमण गराएका छन । रुपन्देहीमा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा मतगणना सुरू भएपछि गृहमन्त्री निकटका कार्यकर्ताले उम्मेदवार र गणनामा बसेका माथि आक्रमण गरेका हुन ।
उनीहरूले मतगणना स्थलमै पुगेर आक्रमण गरेका हुन । आक्रमणमा ५ जना कार्यकर्ता घाइते भएका छन । रूपन्देही कांग्रेसका अनुसार प्रदेशसभा क्षेत्र नम्बर ३ ९क० को मतगणना स्थलमा शुक्रवार मध्यराति आक्रमण हुँदा १ जना उम्मेदवारसहित ५ जना घाइते भएका छन ।
मतगणनामा रामचन्द्र पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरू मतगणनास्थलमा प्रवेश गरेर आक्रमण गरेको बताइएको छ। आक्रमण भएपछि मतगणना स्थगित भएको छ। घाइतेमध्ये क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। भने, अन्य ४ जनाको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ।
प्रकाशित मिति : November 20, 2021 at 1:08 pm









