२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

खोटाङमा मात्रै माओवादी दुई हजार कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदै

४ मंसिर खोटाङ । खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता(कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् । ७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार २ सय ९१ जनाले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबै वडामा अधिवेशको तयारी पूरा भएको नेकपा ९माओवादी केन्द्र० खोटाङका संयोजक देवान किराती पृथ्वीले बताए । शनिबार पाँच वडाबाहेक अन्य वडामा नेतृत्व चयन हुनेछ ।

पाँच वडामा भने वडा नेतृत्वको आफन्तको मृत्यु भएका लगायतका कारण वडा अधिवेशन हुन नसकेको संयोजक किरातीले बताए । माओवादी केन्द्रको वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित सदस्य चयन गर्ने छन् । वडा कमिटीमा ३५ प्रतिशत महिला र १० प्रतिशत दलितको प्रतिनिधित्व हुनेछ ।

माओवादी केन्द्रले ११ मंसिरमा पालिका, २५ मंसिरमा प्रदेश तथा ११ पुसदेखि १३ पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : November 20, 2021 at 9:33 am