२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेको दशाैँ महाधिवेशन: मतदान सकिएको चार घण्टामै नतिजा

३ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)को आसन्न दशौँ महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पूरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि ११ मंसिरमा उम्मेदवारी दर्ता गरिनेछ ।

आयोगले १२ मंसिरमा निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव आठदेखि १० घण्टा लाग्ने जनाइएको छ । आयोगका अध्यक्ष डा. सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन १२ मंसिर बिहानैदेखि मतदान हुने बताए । उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्नेछ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए ।

‘राम-लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ । ‘१२ मंसिर १२ बिहानैदेखि निर्वाचन गरेर साँझ मत परिणाम घोषणा गर्नेछाैँ’, उनले भने, ‘मतदान सकिएपछि मुचुल्का बनाउन दुई-तीन घण्टा र गन्नका लागि तीन-चार घण्टा लाग्नेछ ।’

प्रकाशित मिति : November 19, 2021 at 10:22 pm