कास्कीमा एमालेको विद्या भट्टराईसहित ३१ महाधिवेशन प्रतिनिधि चयन (नामसहित)
३ मंसिर, पोखरा । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि कास्कीबाट ३१ जना प्रतिनिधि छानिएका छन् । छानिएका प्रतिनिधि १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । खुलातर्फ २१ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।
जसमा दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल र दीपक पौडेल रहेका छन् । त्यस्तै, विष्णुबहादुर केसी, जगन्नाथ बास्तोला, पुष्पज्योति ढुंगाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौडेल, वेदबहादुर गुरुङ, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर पनि खुलाबाटै महाधिवेशन प्रतिनिधि बनेका छन् ।
महिला काेटामा विद्या भट्टराई, प्रभा काेइराला,मन्जु गुरुङ, शोभाबराल पहारी,सुशीला पराजुली र सन्तुदेवी सुवेदी प्रतिनिधि चुनिएका छन् । दलिततर्फ धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा चयन भएका छन् ।
प्रकाशित मिति : November 19, 2021 at 9:13 am









