७ असार २०८३, आइतबार | Sun Jun 21 2026

काठमाडौंमा प्रहरीको साइकल गस्ती सुरू

११ साउन, काठमाडौं । प्रहरीले काठमाडौंमा दैनिक साइकल गस्ती सुरू गरेकाे छ । काठमाडौं प्रहरी परिसरको जुनियर प्रहरी अधिकृतको नेतृत्वको १६ जनाको टोलीले दैनिक गस्ती शुरु गरेको हो । महानगरीय प्रहरी कार्यालयले काठमाडौं प्रहरी परिसरका लागि १६ वटा साइकल उपलब्ध गराएपछि हरेक दिन  गस्ती गर्ने भएको हो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले साइकलबाट सहरको हरेक कुनाकाप्चा र गल्लीमा पुग्न सकिने भएकाले साइकल गस्ती सुरु गरिएको बताए । गस्तीको यो टोली हातहतियारसहित फ्लोरिसिङ ज्याकेट लगाएर हिँड्ने भएकाे छ ।’

‘विभिन्न गल्लीगल्ली छिरेर त्यहाँ गुण्डागर्दीमा संलग्न व्यक्तिमाथि निगरानी, त्यहाँ भएका झैंझगडा लगायतमा निगरानी गरेर आवश्यक परे पक्राउ समेत गरी स्थानीय प्रहरी वृत्त वा प्रभागलाई बुझाउने भएकाे छ। ३ साउनदेखि सुरु भएको यो अभियानको क्रममा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।’

गस्ती टोलीले ट्राफिक जाम हटाउनेदेखि मादक पदार्थ सेवन गरी होहल्ला गरी हिँड्ने व्यक्तिलाई नियन्त्रणमा लिनेसम्मको काम गरेको बताइएको छ ।

प्रकाशित मिति : July 27, 2018 at 11:31 am