७ असार २०८३, आइतबार | Sun Jun 21 2026

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

१० साउन,भक्तपुर । हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिनुभयो ।

भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 26, 2018 at 8:53 am