१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अभिभावकहरुका लागि अष्ट्रेलियाको सिमा खुल्यो

६ कात्तिक ,अष्ट्रेलिया । अष्ट्रेलियाका स्थायी वासिन्दा र नागरिकले विदेशमा रहेका आफ्ना अभिभावकहरुलाई अष्ट्रेलिया भ्रमणका लागि ल्याउन पाउने भएका छन । कोरोना महामारीका कारण विगत करिव अठार महिना देखि अभिभावकहरुले अष्ट्रेलिया प्रवेशको अनुमति पाएका थिएनन । सङ्घीय गृह मामिला मन्त्री क्यारेन एन्ड्रुजले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अब अस्ट्रेलियालीहरूका आमाबाबुहरूका निम्ति यात्रा छुटका लागि आवेदन खुल्ला भएको बताएकी छिन्।
विज्ञप्ति अनुसार आगामी नोभेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेशका लागि आवेदन दिन सक्ने भएका छन । अब विदेशी नागरिकता भएका अभिभावकहरू योग्य भएका हुन्। विज्ञप्तिमा मन्त्री एन्ड्रुजले विगत १८ महिना भन्दा बढि समय देखि आमा बुबा संग धेरै परिवारहरुले विवाह, अन्त्येष्टि, नातिनातिना को जन्म, र अन्य महत्वपूर्ण घटनाहरु छुटेकोमा यी परिवारहरूलाई उनीहरूको धैर्यता र यस अवधिमा उनीहरूको त्यागको लागि धन्यवाद समेत व्यक्त गरेकी छन् ।

केहि समय अगाडी अष्ट्रेलिया सरकारको कोभिड-१९ सम्बन्धी यात्रा व्यवस्था अनुसार, नागरिक तथा स्थायी बासिन्दाहरूका
अभिभावकहरूलाई अत्यन्त नजिकका नातेदारका रूपमा वर्गीकृत गरिएको थिएन । जसका कारण अभिभावकहरु अस्ट्रेलिया आउन सक्ने व्यवस्था थिएन । यसका विरुध्द अभिभावकहरुलाई आउन दिन पर्ने आवाज उठिरहेको सन्दर्भमा गत साता प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीहरूका विदेशमा रहेका अभिभावकलाई अत्यन्त नजिकका नातेदारका रूपमा परिभाषित गरिएको जानकारी दिएका थिए।
अब अष्ट्रेलिया सरकारको गृह मामिला मन्त्रालयको वेभ साइटमा आवेदन गर्नु पर्ने छ । अभिभावकहरु संग मान्य राहदानी , भिसा, खोप लगाएको प्रमाण हुनुपर्ने छ । तर सबै अन्तराष्ट्रिय यात्रीहरु राज्य तथा क्षेत्रले तोकेको क्वारेन्टाइनमा भने बस्नु पर्ने छ ।

प्रकाशित मिति : October 23, 2021 at 5:46 pm