दाङमा विद्युत् चोरी गर्ने ११ पक्राउ
७ साउन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँका दिपक नेपाली, जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, भरत विक, छविलाल खडका, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम खत्री र पोषण न्यौपानेलगायत छन् ।
उनीहरूलाई नेपाल विद्युत् वितरण कार्यालय तुलसीपुरका प्रमुख दिपक चौधरीको नेतृत्वमा गएको टोलीले आज पक्राउ गरेको हो ।
फुलवारी क्षेत्रबाट व्यापकरुपमा विद्युत् चुहावट भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
पक्राउ परेका ११ जनालाई विद्युतीय ऐनअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रकाशित मिति : July 23, 2018 at 7:12 pm









