२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रचण्डका पछिल्ला हर्कत हेर्दा मानसिक अस्पताल भर्ना हुने दिन टाढा छैनः नेता बस्नेत

२४ असोज, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला अभिव्यक्ति हेर्दा मानसिक विचलन देखिएको बताएका छन ।

राष्ट्रिय युवा संघ भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले प्रचण्डका पछिल्ला हर्कत हेर्दा मानसिक अस्पताल भर्ना हुने दिन टाढा नभएको टिप्पणी गरे ।

बस्नेतले भने, ‘कहिले एमालेलाई सिध्याउन सकिएन, कहिले अब त मरौँ मरौँ लाग्यो भन्ने, कहिले पाटी नै खारेज गरौँ जस्तो लाग्यो भन्ने प्रचण्डका अहिलेका हर्कतले लगनखेलको मानसिक अस्पतालमा भर्ना गर्ने दिन आउँदै छ ।’ उनले भक्तपुरमा पाँच गठबन्धन बनाएर प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा जो आएर लडेँ पनि एमालेलाई फरक नपर्ने पनि दाबी गरे ।

बस्नेतले भने ‘अबको चुनावपछि पनि एमाले नै सत्ताको नेतृत्वमा आउछ । एमालेको जनलहर देखेर प्रचण्ड तिरमिराएका छन्, बिचलित भएका छन्, उनलाई कि आश्रम, कि जेल पठाउने र केपी ओली फेरी सिंहदरबार पस्ने दिन चाँडै आउँछ ।’

यो पनि पढ्नुहोस्,

देउवा, प्रचण्ड र नेपाललाई भक्तपुरमा आफूसँग चुनाव लड्न महेश बस्नेतको चुनाैति

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०७:५७