२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

देउवा, प्रचण्ड र नेपाललाई भक्तपुरमा आफूसँग चुनाव लड्न महेश बस्नेतको चुनाैति

२३ असोज, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भक्तपुरमा चुनाव लड्न आउन चुनौति दिएका छन ।

राष्ट्रिय युवा संघको भक्तपुर जिल्ला कमिटीले गरेको कार्यक्रममा सम्बोधन गर्दै शनिबार नेता बस्नेतले भक्तपुरमा पाँच गठबन्धन बनाएर प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा जो आएर लडेँ पनि एमालेलाई फरक नपर्ने बताए ।

उनले भक्तपुरको विगत तीन वर्षको समय विकासमा स्वर्ण युग भएको भन्दै जनता त्यसमा खुशी भएको बताए । उनले भने ‘भक्तपुरले कयौँ वर्ष विकास पाएन, विकास गर्ने नेतानै पाएन, मन्त्री बन्ने नेतानै पाएन, पाए पनि विकास नगर्ने र कहिले मन्त्री पनि नखाने नेता पायो, तर अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग हो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो ।’

प्रकाशित मिति : October 9, 2021 at 7:38 pm