१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुन नेपाली क्रिकेट टोली आज बेलायत जाँदै

३ साउन, काठमाडौं ।  बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिन नेपाली टोली अाज बेलायत प्रस्थान गर्दैछ ।

बेलायत जान लागेको टोलीलाई युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले सफलताको शुभकामना दिँदै बुधबार विदाई गरे । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ ।

त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ ।

नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहतिकुमार पौडेल छन् ।

प्रकाशित मिति : July 19, 2018 at 8:04 am