२ असार २०८१, आईतवार | Sun Jun 16 2024

नलगाडबाट हतियारसहित एकजना पक्राउ, एक सातामै तीन जना पक्राउ


११ भदाै, जाजरकोट । नलगाड नगरपालिकामा एक सातामै हतियारसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति नलगाड नगरपालिका-१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको हो ।

१५ थान गोलीसमेत फेला परेको प्रहरीको भनाइ छ । चार दिन अघि मात्र नलगाड नगरपालिका-८ मैदे र कुसेनीबाट दई जनालाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०९:२४