२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मानिस वस्तुनिस्ट हुनसकेन भने बिना कामको लम्फु हुन्छ


-डा युवराज संग्राैला 

नेपाल कुनै पनि राम्रो कुरालाई बाटो समात्न नदिने वा गलत बाटो समात्न प्रेरीत गर्ने वा राम्रो बाटो समातेकालाई समातेर पछार्ने संस्कृति कसरी हुर्कियो? यो गहिरो अध्यनको बिशय हो। तर केही कुरा भने बुज्न सकिन्छ।

१. अहिले नेपालमा जस्ता समस्याहरु छ्न, तिन्लाइ हेर्दा अध्यन नगर्ने, भवना र उद्वेलनबाट प्रभावित भएर बिचार वा दृस्ठिकोण बनाउने, आग्रह र पुर्वाग्रह बाट बाहिर निक्लन नसक्ने, आक्रामक हुने र विवेक प्रयोग गर्ने नचाहने प्रवृत्ति घनघोर देखियो।

२. रास्ट्रीय भावना कम्जोर रहेको र आफ्नो स्वार्थका लागि जे पनि गर्ने, नैतिकतालाई पुर्ण वेवास्ता गर्ने मनोवृत्ति व्यापक देखियो। बिदेशीको हस्तक्षेपको बिरोध जताततै देखिन्छ “तर गालीगलौजको भाषामा मात्र तर्क र प्रमाणको प्रयोग हुंदैन।”

३. समस्याका कारण हुन्छ्न र ती कारणको पहिचान गरेर समस्याको निराकरण गर्नुपर्छ भन्ने सोच छैन। यस्ले गर्दा नेपाली समाजको परिवर्त केबल गोलचक्करमा घुमीरहेको छ। थोर मात्रै मानिस अग्रगामी कुरा गर्छ्न। उदाहरण अहिले एकजना मित्रले जनमत संग्रहको कुरा गरे। सबै तेस्मै बहसमा ब्यस्त छ्न। बहस त नेपालको उत्पादनलाई कसरी बढाउन सकिन्छ, कोरोनाबाट देशलाई मुक्त कसरी गर्न सकिन्छ, फर्स्री कुहिएझै कुहिएको राजनीतिबाट कसरी मुक्ति पाउने हो र नयाँ सोच कसरी बिकास गर्ने होला भन्ने कुरामा होला नि?

४. यी सबै कुराका पछाडि को कारण हो हाम्रो शिक्षा जस्ले बैज्ञानिक ढंगबाट सोच्ने बानी होइन भावनाबादी, आत्मबादी बनाइदिएछ। तेसैले बि पि ले भने “आफ्नै गाउंबुझेका बिज्ञबाट योजना बनाउ, गरीबलाई हेर र कृषिलाई उन्नत पार।’ कांग्रेस एम्सिसीका फन्दामा छ। कम्युनिस्टले जनताले भोगेको गरिबी बुज्नुपर्छ। तर कम्युनिस्ट त “राणाहरु”का जस्ता लगाउछ्न र तेस्तै खान्छ्न।

मानिस बस्तुनिस्ट हुनसकेन भने बिना कामको लम्फु हुन्छ।तेस्तै भएको अवस्था देशमा छ। अलिकति दिमागका आग्रह र पुर्वाग्रहबाट बाहिर आएर तथ्यलाई हेर्ने हो भने नेपाललाई सजिलै अग्रगमनतिर मुखरीत गर्न सकिन्छ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०७:१०

https://srdb.com.np/