४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

किन भएन नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार ?


१८ साउन, काठमाडाैँ । आज  नेपाल स्टक एक्सचेञ्जमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । कारोबारमा म्याच नभएपछि सो सेसनमा कारोबार नभएको हो । स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुने छैन । त्यस अनुसार लघुवित्तको शेयर मंगलबार पुनः स्पेशल प्रि ओपन सेसन कारोबार खुल्नेछ ।

आइतबार नेप्सेमा संस्थाकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे थियाे ।कम्पनीकाे पहिलो कारोबारका लागि  नेप्सेले प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ११:५३