११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

गायिका दुलाल र गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक (भिडियोसहित)

१७ साउन, काठमडौँ । गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीत जे.जी. क्रियसन युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक भएको हो ।

सो गीतमा सुरज लामिछानेको संगीत रहेको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन पनि लामिछाने नै गरेका हुन् । गीतको भिडियोलाई लण्डनमा छायाँकन गरिएको हो । कुशल श्रेष्ठको निर्देशन, सम्पादन तथा छायाँकन रहेको उक्त भिडियोमा तेन्याङ रानाले नृत्य निर्देशन गरेकी छिन् ।

भिडियोमा गीतकार गुरुङसँगै, निरु कोइराला, आस्था जोशी, बिनु लामिछाने घिमिरे, रिमा कँडेल, गुरुङ रत्न, सरला पौडेल, सबु सेन, दिपिका श्रेष्ठ, दया गुरुङ, ममता राई, मुना राउत, काभ्या कृति, राधा गुरुङ, बिना राई, रोशन राई लगायतको अभिनय रहेको छ ।

गीतमा आमा र परदेशमा रहेकी छोरीको कथालाई प्रस्तुत गरिएको छ । त्यसो त गीतको सुरुवाती टुक्काले नै भन्छ ‘तीजैको दर पकाउँदी हौ आमाले खाइदिने कोही छैन घरमा बरिलै… अभागी छोरी परदेशैमा रुँदै छु, के लेख्या रैछ कर्म बरिलै…।’ साथै, परदेशमा रहेकी चेली तीज आएपछि नेपाललाई कसरी सम्झिन्छिन् भन्ने कुरा पनि गीतमा पाइन्छ ।

प्रकाशित मिति : August 1, 2021 at 12:30 pm