२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति

१२ साउन, एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो ।

राजसँगै उनका साझेदार रायल थार्पेलाई पनि हिरासतमा राख्न अनुमति दिएको छ । कुन्द्रा पोर्नोग्राफिक फिल्म निर्माण गरेको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियाे। मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो। सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ परेका हुन् ।

प्रकाशित मिति : July 27, 2021 at 4:04 pm