२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मंगलबार नेप्सेमा ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत


१२ साउन, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हाे।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । सोही १५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १२:००

https://srdb.com.np/