१ असार २०८३, सोमबार | Mon Jun 15 2026

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३१ असार, मोरङ । मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका सोही ठाउँका २५ वर्षीय रवि रायलाई उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय कृष्ण घिमिरे पनि गम्भीर घाइते हुनुभएको र उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 15, 2018 at 11:35 am