२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

ग्राण्डी अस्पतालमा कार्यरत नक्कली डाक्टर विजयश्याम रंजित पक्राउ


१० साउन, काठमाडाैँ । काठमाडाैँ ग्राण्डी अस्पतालमा कर्यरत एक जना नक्कली चिकित्सक पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नक्कली चिकित्सक विजयश्याम रंजितलाई पक्रउ गरेको हो ।

ब्यूरोले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को प्रमाणपत्र किर्ते गरेको आरोपमा रञ्जितलाई पक्राउ गरेको जनाएको छ । उनी ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय युवा हुन ।

आइतबार ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय रंजितलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरज प्रताप सिंहले जानकारी दिए। सिंहले रंजित काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ परेको जानकारी दिए । रञ्जित ग्राण्डी अस्पतालमा कार्यरत छन । केही समय अघि उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत समेत भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १७:२७