११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

दुई मन्त्रालय लिएर जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने

६ साउन, काठमाडाैँ  । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि  दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष महन्थ ठाकुरबीच दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो ।

ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाको उपेन्द्र यादव पनि सहमत रहेकाे स्रोतले जनाएकाे छ । महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइनसकेको छैन् ।

प्रकाशित मिति : July 21, 2021 at 12:59 pm