३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

देउवालाई उहिले श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ लेः नेता ज्ञवाली

३ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई पहिला श्री पाँचले न्याय दिएको र अहिले श्रीमान् ५ ले न्याय दिएर प्रधानमन्त्री बनेको बताउनुभएकाे छ ।

ज्ञवालीले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा बाेल्दै देउवा तीन-तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण समेत गरे ।

ज्ञवालीले भने, ‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ, इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’

ज्ञवालीले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको बताए ।

प्रकाशित मिति : 18:55