प्रधानमन्त्री देउवालाई विश्वास मत दिन झलनाथ खनालकाे अपिल
३ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै अलमल नगरी विश्वासको मतको पक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक गर्दछु,’ । ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’ उनले लेखेका छन् ।


प्रकाशित मिति : 13:30









