३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

माधव नेपालले देउवालाई मत दिने, केपी ओलीसँगै प्रतिपक्षीको कुर्सीमा बस्ने

३ साउन, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा निरन्तरता दिन विश्वासको मत दिने भएको छ । माधव नेपाल देउवालाई मत दिएपछि पनि प्रतिपक्षीको बेञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगसँगै बस्ने भएका छन ।

देउवालाई हस्ताक्षर दिएका एमालेका २३ सांसदमध्ये कम्तिमा १५ जनाले देउवालाई विश्वासको मत दिने स्रोतले जनाएको छ । झलनाथ खनाल भारतमा छन भने कार्यदलमा रहेका सदस्यसहित अन्य केहीले मत नदिने तयारी गरेका छन । यद्यपी उनीहरूले जे गरे पनि सामूहिक निर्णय गर्ने भन्दै संसद अघि समूहको बैठक बसेर निर्णय लिने बताएका छन ।

यसअघि सत्तापक्षको कुर्सीमा रहेर विपक्षीको भूमिकामा देखिएको माधव नेपाल समूह अब विपक्षमा रहेर सत्तापक्षको भूमिका निर्वाह गर्ने भएको हो । एमालेले भने देउवाको विपक्षमा मत जाहेर गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

ha

प्रकाशित मिति : 10:35