३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज, माधव नेपाल सत्ता पक्ष कि प्रतिपक्ष ?

३ साउन, काठमाडौँ । सरकारले दोस्रो पटक विघटन गरेर पुनःस्थापित भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले यसपटक प्रतिनिधिसभाको पुनस्थापनासँगै प्रधानमन्त्री पनि आफैँ नियुक्त गरेको छ ।

दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर अन्य कार्यसूची तय गर्नेछ । सर्वोच्चले प्रधानमन्त्रीमा नियुक्त गरेका शेरबहादुर देउवाले संसदको चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

देउवालाई सर्वोच्चबाट प्रधानमन्त्री बनाउन आफ्नो हस्ताक्षर बेचेका एमालेका माधवकुमार नेपाल समूहका सांसद सत्ता पक्षको कुर्सीमा बस्नछ कि प्रतिपक्षको कुर्सीमा भन्ने प्रतिक्षाको विषय बनेको छ । नेपालसहित २३ सांसदले पार्टीको नीति र निर्णयको विरूद्धमा देउवाका लागि हस्ताक्षर बेचेका थिए । नेपाल समूह सत्तारूढ दलको बैठकमा भने सहभागी हुँदै आएको छ ।

प्रकाशित मिति : 07:31