३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

माधव नेपाल कम्फर्टेबल सरकारमा टाँसिने भएपछि एमालेले बोलायो स्थायी र केन्द्रीय कमिटी

२ साउन, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक भोलि ११ बजे बस्ने भएको छ । यसैगरी, पर्सि चार गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ । वरिष्ठ नेता माधवकुमार नेपाल शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेबल सरकारतिर टाँसिने भएपछि एमाले अघि बढ्ने भएको छ ।

दोस्रो तहका नेताले तयार पारेको १० बुँदे सहमतिप्रति अध्यक्ष ओली इमान्दार देखिएपनि नेपाल भने देखिएनन् । उनी निरन्तर देउवा सरकारको पक्षमा देखिएका छन। त्यसकैका लागि दिनहुँ कांग्रेस र माओवादीका नेताहरूसँग निवासमै बसेर छलफल गरिरहेका छन ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकले केन्द्रीय कमिटीको पेश हुने एजेण्डा तय गर्नेछ । यसैगरी, पार्टीको आन्तरिक राजनीति र भोलिदेखि सुरु हुने संसदमा पार्टीको भूमिकाको बारेमा छलफल हुने स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा पनि थप छलफल गर्नेछ । कार्यदलको प्रतिवेदनका आधारमा पार्टीलाई एकतावद्ध गरेर लैजान संस्थापन पक्ष कति लचिलो हुने विषयमा पनि साझा धारणा तय गरिने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : 18:43