२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पाँच महिनापछि माधव समूहका नेता एमाले कार्यालयमा, नयाँ पार्टी नबन्दासम्म छलफल जारी राख्ने

२ साउन, काठमाडौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरूको बैठक सकिएको छ । बैठकमा विघटित विवाद समाधान कार्यदलका सदस्यहरू सहभागी रहेका थिए । शनिबार बिहान अनौपचारिक रुपमा सिंहदरबारमा एमालेको संसदलीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकता जोगाउनका लागि पर्यत्न गर्ने निष्कर्ष निकालेको हो ।

उनीहरूले कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भन्नेबारे छलफल भएको विघटित कार्यदलका सदस्यसमेत रहेका एमाले नेता गोकर्ण विष्टले बताए। उनले भने ‘कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भनेर भेटघाट र छलफल गरेका हौ।’

माधव समूहका नेता एमाले संसदीय दलको कार्यालयमा पाँच महिनापछि पुगेका हुन । माधव समूहको नाममा शेरबहादुर देउवाका लागि काँध थापेर हिडिँरहेका उनीहरू कहिले माओवादी त कहिले कांग्रेसको कार्यालयमा बस्ने गरेका थिए । एमालेको माधव समूह देउवा र प्रचण्डको सहकार्यालाइ निरन्तरता दिँदै नयाँ पार्टी बन्ने अवस्था नहुँदासम्म एकताका लागि छलफल जारी राख्ने पक्षमा छ ।

प्रकाशित मिति : July 17, 2021 at 12:39 pm