१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बिहिबार पनि बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

३१ असार, काठमाडाैँ । बिहीबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहिबार चाँदीको मूल्य  ५ रुपैयाँले बढे प्रतितोला १३२० रुपैयाँ तोकेको छ। बुधबार चाँदी प्रतितोला १३१५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १२:०९