२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले एकतामा पूर्णविराम ! माधव नेपालको गद्दारीलाई क्षमा नदिने ओलीकाे उद्घोष

३० असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी एकता प्रकियामा पूर्णविराम हुने संकेत दिएका छन । सत्ताच्यूत भएर बालुवाटारबाट निजी निवास पुगे लगत्तै निवर्तमान प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको गद्दारीलाई क्षमा दिन नसकिने बताएका छन ।

ओलीले नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै क्षमा दिन नसकिने बताए । हजारौँ युवाहरूलाई एक साथ सम्बोधन गर्दै ओलीले आफूलाई जालझेल गरेर हटाइएको बताए । उनले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी पनि गरे ।

ओलीले भने ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमीकमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’  हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि नपुग्दै नेता नेपाल शीतलनिवास पुगेको भन्दै उनले भने, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’

योसँँगै कार्यदलले बुझाएको १० बुँदे सहमति पनि अलपत्र पर्ने हो कि भन्ने डर देखिएको छ । हुनत यसअघि विपक्षी गठबन्धन छाडेको प्रचार गराएका माधवकुमार नेपाल मंगलबार देउवा भन्दा अघि नै शितल निवास पुगेर दुइ घण्टासम्म सपथको लागि कुरेका थिए ।

प्रकाशित मिति : July 14, 2021 at 5:11 pm