२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

३९ महिनापछि बालुवाटार छाड्दै ओली, युथ फोर्सको नेतृत्वमा हजारौँले स्कर्टिङ गर्ने

३० असार, काठमाडाैँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन ।

३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर ओली आज बालकोट निवास सर्न लागेका हुन । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार गरेका थिए ।

शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लागेका हुन । प्रधानमन्त्री ओलीलाई यर्थ फोर्सको नेतृत्वमा करिब २ हजार गाडी र ३ हजार मोटरसाइकल सहित बालकोट निवासका लागि स्कर्टीङ गर्ने तयारी गरेको छ ।

ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।

प्रकाशित मिति : July 14, 2021 at 9:53 am