चैतसम्म सबै नागरिकलाई कोरोनाविरूद्धको खोप दिने देउवा सरकारको निर्णय
२९ असार, काठमाडाैँ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चैतसम्म सबै नागरिकलाई कोरोनाविरूद्धको खोप दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : July 13, 2021 at 10:49 pm









