२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नियुक्ति अघि नै अल्पमतमा परेका देउवाले सपथ नलिने !

२९ असार, काठमाडाैँ । नियुक्ति अघि नै अल्पमतमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तिमाको भाषा नसच्चिए सपथ नलिने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नवनियुक्त प्रधानमन्त्री देउवाले आपत्ति जनाउनु भएको हो । बूढानीलकण्ठस्थित आफ्नै निवासमा मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर प्रधानमन्त्री नियुक्तीको पत्र नसच्चिएसम्म सपथ ग्रहण नहुने जानकारी दिनुभएको छ । यसअघि एमालेको माधव नेपाल समूहको साथ पाएको भए पनि अहिले देउवा अल्पमतामा पर्नुभएको छ ।

प्रकाशित मिति : July 13, 2021 at 6:51 pm