देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्र बहादुर कार्की
२९ असार, काठमाडाैँ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने हुनुभएकाे छ । उहाँ काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुनुहुन्छ । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाउनुभएकाे छ । उहाँ कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने हुनुभएकाे छ ।
आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।
प्रकाशित मिति : July 13, 2021 at 5:57 pm









