२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

देउवा सरकारमा सहभागिताबारे छलफल गर्न जसपा उपेन्द्र पक्षको बैठक जारी

२९ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षको बैठक शुरू भएको छ । बैठक बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरू भएको हो ।

विपक्षी गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षको बैठकमा सरकारमा सहभागी हुने वा नहुनेबारे छलफल हुने बताइएकाे छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका काठमाडौँमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरू बैठकमा सहभागी भएका छन् ।

प्रकाशित मिति : July 13, 2021 at 3:14 pm