३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

२९ असार, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुभएकाे छ । मंगलबार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

उहाँले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवालाई आजै शपथ ग्रहण गराउने तयारी रहेकाे छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको थियो ।

प्रकाशित मिति : 13:07