३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

परमादेशबाट कांग्रेसलाई सत्तारूढ बनाउने नाटक अझै सकिएको छैनः मुख्यमन्त्री पोखरेल

२९ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेर सर्वोच्च अदालतले परमादेश दिएपछि विभिन्न टीकाटिप्पणी भैरहेका छन । यही बीचमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत कांग्रेसलाई सत्तारूढ बनाउने खेलको नाटक अझै बाँकी रहेको बताउनुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, ‘जनादेशवाट अस्विकृत नेकांलाई परमादेसवाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः पटाक्षेप हुनेछ । किनकी नाटक अझै सकिएको छैन ।’

प्रकाशित मिति : 10:22