३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

देउवालाई बधाई दिएर माधव नेपाल समूह विपक्षी गठबन्धनबाट औपचारिक रूपमै बाहिरियो

२८ असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई बधाई दिएर अाैपचारिक रूपमा बाहिरिएको छ । सोमबार भएको विपक्षी गठबन्धनको बैठकमा देउवालाई बधाई दिँदै माधव नेपालले अब एमालेको मोर्चा बलियो बनाउन लाग्ने बताउनुभएको थियो । बैठकपछि एमाले नेता रघु पन्तले सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै अब गठबन्धनमा नरहेको बताउनुभयो ।  बैठकमा नेता नेपालले परिस्थिति फेरिएका कारण गठबन्धनमा बस्ने अवस्था नरहेको जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति : 19:28