१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

साेमबार नेप्सेमा २७ लाख ३ हजार कित्ता बोनस सेयर सूचिकृत

२८ असार, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महालक्ष्मी विकास बैंक लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा महालक्ष्मी विकास बैंक लिमिटेडकाे ८.८० प्रतिशत बाेनस बापतकाे २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हाे ।

गएको आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीहरुलाई ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद लाभांश गरी ९.२६ प्रतिशत गरि ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र ३ गतेदेखि बुकक्लोज गरेकाले चैत्र २ गते, सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र लाभांश पाउने छन ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १७:५३