३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

माधव नेपालको घरमा विपक्षी गठबन्धनको बैठक, देउवाको सपथको विषयमा छलफल हुने

२८ असार, काठमाडाैँ । नेकपा एमालेका नेता माधवकुमार नेपालको घरमा विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । कोटेश्वरमा रहेको नेपाल निवासमा बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै सपथ लगायतको विषयमा छलफल गर्ने गरी बैठक बस्न लागेको हो । गठबन्धनमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

प्रकाशित मिति : 16:28