सर्वोच्चको फैसला स्वागतयोग्यः एमाले नेता नेपाल
२८ असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ ।उहाँले भन्नुभयो ‘सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ । यो स्वागतयोग्य छ ।’
प्रकाशित मिति : 14:53









