१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सोमबार घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२८ काठमाडाैँ । सोमबार सुनकाे मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ९२ हजार २०० रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, तेजाबी सुन प्रतिताेला ९१ हजार ७०० रुपैयाँमा काराेबार भएको छ।

आइतबार सुनकाे मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३१० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर चाँदी १३१५ रुपैयाँमा काराेकार भएको थियो।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १२:२८