१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२७ असार, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ । गत शुक्रबार १ सयले बढेको सुनको मुल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य स्थिर रहदै छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतिता्ला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा र चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार ११:३०