२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

दोस्रो दिनमा यूनियन लाइफको आईपीओमा कति पर्यो आवेदन ?

२५ असार, काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्सको धारण सेयर (आईपीओ) मा दोस्रो दिनमा साढे ११ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहान ३ः३० बजेसम्म युनियन लाइफको आईपीओमा ११ लाख २८ हजार ३८४ जना आवेदकबाट १ करोड ८९ लाख ७९ हजार ९३० सय कित्ता सेयरका लागी आवेदन परेकाे छ । आईपीओमा मागभन्दा २.९४ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । इन्स्योरेन्सले निष्काशन गरेकाे कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १६:५५