३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

नुवाकोटमा पुनर्निर्माणको अाधा काम अाधा पूरा नहुँदै खुला दिसामुक्त जिल्ला घोषित

२९ असार, नुवाकोट। भूकम्पले अति प्रभावित नुवाकोट जिल्लालार्इ खुला दिसामुक्त जिल्ला घोषित गरिएको छ । भूकम्पले अस्तव्यस्त बनेको नुवाकोटममा पुनर्निर्माणको काम अाधा पनि सकिएको छैन । जसका कारण सहजै अनुमान गर्न सकिन्छ कि सबैले सुरिक्षित रूपमा चर्पीको निर्माण पनि गरिसकेका छैनन् तर अनुदानका लागि सरकारी कार्यालयको तथ्यांकका अाधरमा भन्दै बिहीबार जिल्लालार्इ खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ ।

नुवाकोट जिल्लालाई बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै सांसद बहादुरसिंह लामा । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट, रासस

विदुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले बाह्रवटै स्थानीय तह खुला दिसामुक्त भएको र जिल्लाबासीको सबै घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्याङ्कको आधारमा नुवाकोट मुलुकको ५८ औँ खुला दिसामुक्त जिल्ला भएको घोषणा गरे ।

उनले सरसफाइको न्यूनतम मापदण्डअन्तर्गतको कार्यक्रममा समावेश भए पनि पूर्णसरसफाइतर्फ लैजान आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले यहाँका ६९ हजार ६१८ घरमा पक्की शौचालय निर्माण तथा जिल्लाको सबै स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेको आधारमा सिङ्गो जिल्लालाई नै खुला दिसामुक्त घोषित गरिएको बताए ।

प्रकाशित मिति : July 13, 2018 at 5:52 am