१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मनकामना स्मार्ट लघुवित्तको प्रि-अलटमेन्ट सम्पन्न, सोमबार आईपीओ बाँडफाँड गर्ने तयारी

२५ असार, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट आज सम्पन्न भएकाे छ । संस्थाकाे आईपीओको प्रि-अलटमेन्ट शुक्रबार गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जानकारी दिएकाे हाे । लघुवित्तको आईपीओ आउँदो सोमबार बाँडफाँड हुने तयारी भएको छ ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाख १ हजार ९१९ जनाले आवेदन दिएका छन् । २ अर्ब ६१ करोड ५५ लाख १ हजार रुपैयाँको २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले अघिल्लो बिहीबारदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो ।

३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १५:१९