१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बोलेरो दुर्घटनामा तीनको मृत्यु, नाैँ जना घाइते

२८ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार २२:२५