बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
२२ असार, काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ। सोमबार सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियाे । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १३३० रुपैयाँमा काराेबार भएकाे छ। सोमबार चाँदी प्रतितोला १३२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : 11:44









