१ असार २०८३, सोमबार | Mon Jun 15 2026

 एच.आई.भी. सम्बन्धी सचेतना कार्यक्रममा पनि भ्रष्टाचार, ३० हजार घुससहित पक्राउ परे साह

२८ असार, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले एच.आई.भी. सम्बन्धी जनचेतना कार्यक्रमको भुक्तानीमा घुस माग्ने लेखापाललार्इ रंगेहात पक्राउ गरेको छ ।

बारास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार साहलार्इ एच.आई.भी. सम्बन्धी जनचेतना कार्यक्रमको लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले ३० हजार घुससिहत पक्राउ गरेको हो । साहलार्इ कार्यालयबाटै पक्राउ गरिएको र थप अनुसन्धानको काम भइरहेको अायोगले जनाएको छ ।

प्रकाशित मिति : July 12, 2018 at 8:31 pm