१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

तेस्रो लिङ्गीका विषयमा सम्पादकहरुको प्रवचन, सुनाए रोचक अनुभवहरु

२८ असार, काठमाडाैँ । लेखनकुन्जले फरक बिषयमा प्रत्येक महिना सम्पादकहरुसंग अन्तक्रिया गर्ने भएको छ । यसको पहिलो प्रारम्भ यौनिक तथा अल्पसंख्यक समस्या चुनौति र समाधानका उपायबारे भुमिका श्रेष्ठलाई राखेर गरेको छ ।

नेपाल समाचारपत्रका सम्पादक दिपक रिजालले आफुले दश बर्ष पहिले एक रिपोर्टिग गरेको सम्झदै भने ्“तेस्रो लिङ्गीको समाचार लेख्दा मै माथि शंका गरियो । दशहजार समलिङ्गी रहेको भन्ने समाचार लेखेपछि नौ हजार नौ सय उनान्सय अरु होलान एक चाहि मैं हो भन्ने धेरै भए । म संगै गएको साथीको समाचार छापिएन मेरो छापियो । अहिले त्यसबाट समाज र मिडिया धेरै अगाडी बढिसकेको छ तर तेस्रो लिङ्गीको विकृतिले ल्याएको प्रभावबारे उनीहरु सच्चिनु पर्नेछ ।”

राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यले अहिले आफुले कपाल खौरदा त मान्छेहरु के भयो को मरेको भन्ने समाज छ भने भुमिका जी हरुको दुःख कति होला त्यो म सम्झन सक्छु भन्दै भने “सन्चार माध्यममा यहि समुदायको लेखहरु र कक्षा ११ , १२ मा यहि किसिमको शिक्षाहरु दिनुपर्नेछ ।

कार्यक्रमको सन्चालन घोष्ट राईटिङ् नेपालका सम्पादक टंक पन्तले गरेका थिए । सोही बिषयमा बोल्दै पत्रकार भरत पोखरेल, पदम श्रेष्ठ, र बालचन्द्र मिश्रले पनि समसामयिक टिप्पणी राख्नु भएको थियो । तेस्रो लिङ्गी प्रतिनिधि भुमिका श्रेष्ठले मिडियाकै कारण आफुहरु यो समाजमा बाँचेर हिड्न सक्ने भएको बताईन भनिन ““पहिले यहि समाजका कारण आत्महत्या गर्न हिडेको थिए अहिले यहि समाजको मिडियाले बाँचेको छु । अहिले मलाई छक्का हिजडा हैन भुमिका भन्छन ।” लेखन कुन्जका संस्थापक अध्यक्ष कमल ढकालले सम्पादकहरुसंग नयाँ नयाँ बिषयमा प्रत्येक महिना बसेर अन्तक्रिया गर्ने कार्यक्रमको सुरुवात भएको बताए ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार २०:१५