६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

मनकामना स्मार्ट लघुवित्तको आईपीओ पाउने संभावन न्युन, ६८.३५ गुणा बढी पर्यो आवेदन


२१ असार, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ पाउने संभावन न्युन हुँदै गइरहेको छ । संस्थाको आईपीओका लागि अन्तिम दिन आज १९ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साेमबार  १०ः३० बजेसम्मको तथ्याङ्क अनुसार १८ लाख ९६ हजार ९२२ जनाले २ करोड ४८ लाख ४५ हजार ३६० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ६८.३५ गुणा बढी आवेदन परेको हो ।

संस्थाले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँधी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको हो ।

संस्थाको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओ आज असार २१ गते बैंकिङ समयपश्चात बन्द हुनेछ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ११:५४