४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मनकामनाको आईपीओमा आजसम्म आवेदन दिन पाइने, आइतबारसम्म ६४ गुणाभन्दा बढीको आवेदन


२१ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको संस्थाको आईपीओका लागि १७ लाख ६३ हजार भन्दा बढीले आवेदन दिएका छन् । आजसम्म आवेदन दिन पाउने आईपीओको आइतबार साँझसम्ममा करिब ६४ गुणा बढी आवेदन परेको हो ।

आइतबार साँझसम्मा लघुवित्तको आइपीओमा २ अर्ब ३२ करोड ७ लाख रुपैयाँ बराबरको २ करोड ३२ लाख ७ हजार ४६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो आवेदन लघुवित्तले सर्वसाधारणका लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ६३.८५ गुणा बढी हो ।

सोमबारसम्म आवेदन दिन पाइने भएकोले आवेदन दिनेको सङ्ख्या झनै बढ्ने देखिन्छ । यसरी बढी आवेदन आएकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट शेयर बाँडफाँड गरिन्छ । अहिलेको व्यवस्था अनुसार न्यूनतम १० कित्ता शेयर पाउनेगरी बाँडफाँड गर्दा ३६ हजार ३४९ जना भाग्यमानी आवेदकले मात्रै लघुवित्तको शेयर पाउने छन् ।
संस्थाको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिनेगरी असार १७ गतेदेखि २१ गतेसम्म आवेदन खुल्ला गरिएको हो ।

संस्थाले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँधी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०८:३३